वैशाख ९ गते हस्तान्तरण गरिंदैछ एनआरएनएले निर्माण गरेको गुप्सीपाखाको यो बस्ती

गैरआवासीय नेपाली संघ एनआरएनएले निर्माण गरेको गोरखाको लाप्राकस्थित गुप्सीपाखाको बस्ती वैशाख ९ गते हस्तान्तरण गरिने भएको छ। संघका अध्यक्ष कुमार पन्तले दिएको जानकारीअनुसार ७ सय ७३ वटा घर हस्तान्तरण गर्न लागिएको हो।

०७२ सालमा गोरखा गएको भूकम्पले लाप्राकीका घर भत्केका थिए। घर भत्केको करिब ६ वर्षमा लाप्राकीले अब नयाँ घर पाउने भएका छन्। लाप्राक गाउँभन्दा करिब आधा घण्टा माथि गुप्सीपाखामा एकीकृत नमूना बस्ती निर्माण गरिएको हो।



बस्ती हस्तान्तरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली पनि लाप्राक जाने कार्यक्रम छ। यो बस्ती निर्माणमा एनआरएनएका पूर्वअध्यक्ष शेष घले र सल्लाहकार जमुना गुरूङको योगदान रहेको अध्यक्ष पन्तले बताएका छन्।

सम्बन्धित समाचार