ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने भयो माओवादीले

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले समर्थन फिर्ताको जानकारी लिखित रूपमा गराउन लागिएको बताए।

माओवादी केन्द्रले सोमबार स्थायी समितिको बैठक डाकेको छ। मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठकअघि नै माओवादी केन्द्रले समर्थन फिर्ता लिन लागेको हो । उनले सोमबार बस्ने स्थायी समिति बैठकबाट समर्थन फिर्ताको निर्णय हुने बताए।



माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले तीस दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनु पर्नेछ। प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीबाट समर्थन प्राप्त गर्ने प्रयास गरिरहेका छन्।

सम्बन्धित समाचार