राष्ट्रपति भण्डारीद्वारा संसद अधिवेशन अन्त्य

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी छन्। आज विहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो ।

आज बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार दिउँसो १ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।



पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते शुरू भएको थियो। निर्णय बारेको सूचना राजपत्रमा आजै प्रकाशित गरिनेछ।

सम्बन्धित समाचार