नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा सुनुवाइ हुने भएको छ । मंगलबार उनीविरुद्धको मुद्दाको पेशी चढेको हो ।
काभ्रेका अर्जुन बहादुर लामाको हत्या गरेको आरोपमा सापकोटाविरुद्ध अदालतमा मुद्दा छ । सभामुख सापकोटाविरुद्ध परेका मुद्दाको हकमा सर्वोच्च अदालतमा मुद्दाको पेशी एकमुष्ट रुपमा चढेको हो ।
उनीविरुद्ध लामाकी श्रीमती पुर्णिमाया लामा, कनमणि दिक्षित र सुशिल प्याकुरेलले मुद्दा दायर गरेका थिए ।
