प्रधानमन्त्रीले बालुवाटारमा पूजाआजा गरेर चितवन पठाए राम-सीताका मूर्ति

चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिलाई आज बालुवाटारमा विधिवत् रूपमा पूजाआजा गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति चितवन लैजानुपहिले पूजाआजा गरेका हुन्।

चितवनको अयोध्यापुरीमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति राख्ने तयारी गत वर्षदेखि नै प्रधानमन्त्री ओलीको थियो। तयार पारिएका मूर्ति रथ यात्रा गरेर आज चितवन पठाइएको हो।



प्रधानमन्त्री ओलीले रामको जन्मभूमि चितवनको अयोध्या भएको दाबी गर्दै आएका छन्। अयोध्यामा राम मन्दिर बनाउने पनि सरकारको तयारी छ। प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा मूर्ति बनाएको बताउने गरेका छन्। ती मूर्ति चितवन पठाउन हस्तान्तरण गर्नुअघि आज बिहान बालुवाटारमा पूजाआजा गरिएको थियो।

सम्बन्धित समाचार