सरकारलाई दिएको समर्थन फिर्ता लिन बसेको माओवादी सचिवालय बैठकले के गर्यो निर्णय ?

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वर पोरिसडाँडामा बसेको स्थायी समिति बैठकले आज सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल भएपनि निर्णय भने गर्न सकेन ।

माओवादी बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिनेबारे छलफल गर्दै आएपनि निर्णय भने गर्न नसकेको हो । बैठकपछि नेता देवेन्द्र पौडेलले सरकारलाई दिएको समर्थन फिर्ता बारे छलफल भएपनि कुनै निर्णय नभएको बताए ।



सरकारले संसद् अधिवेशन अन्त्य गरेकोमा पनि माओवादीले आपत्ति जनाएको छ । आजको बैठकमा सरकार कोरोना नियन्त्रणमा सफल नभएको भन्दै खेद प्रकट गर्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने पहल भइरहेको उनले बताए। बैठक भोलि पनि बस्नेछ ।

सम्बन्धित समाचार