नवकान्तिपुर संवाददाता
काठमाडौं, ७ वैशाख ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। देउवालाई भेट्न खनाल र नेपाल मंगलबार अपराह्न बुढानीलकण्ठ पुगेका थिए।
देउवाको निजी निवासमा भएको भेटवार्तामा नेताहरुबीच सत्ता समीकरणको विषयमा छलफल भएको स्रोतले जानकारी दियो। कांग्रेस सभापति देउवा पछिल्लो समय भावी सत्ता समीकरणबारे नेताहरुको छलफलमा ब्यस्त छन् ।
भेटमा खनाल-नेपालले ओली सरकारको विकल्प खोज्न र त्यसमा आफ्नो समूहको साथ रहने बताएको स्रोतले बतायो । जसपाले साथ नदिएकोले ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नबाट पछि हटेका देउवालाई नेपाल पक्षको यो प्रस्तावले राहत पुग्ने देखिएको छ ।
यता कर्णली प्रदेशमा फ्लोर क्रस गरेको नेपाल समूहले केन्द्रमा पनि फ्लोर क्रस गर्नसक्ने आशंकामा प्रधानमन्त्री ओलीले नेपालनिकट २७ सांसद्लाई कारवाही गर्ने तयारी थालेका छन् ।
