नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू निकट सांसदहरुको बैठक बोलाएका छन् । बुधबार प्रधानमन्त्री केपी ओलीसँग मेरियट होटलमा भएको बार्ताबारे जानकारी गराउन र थप रणनीति तय गर्न नेता नेपालले सांसदहरुको बैठक बोलाएका हुन् ।
उनले सांसदहरुलाई सहाना प्रधान स्मृती प्रतिष्ठानमा छलफलको लागि जुट्न आग्रह गरेका छन् । राजधानी बाहिर रहेका सांसद्हरुलाई पनि बैठकमा उपस्थित हुन आग्रह गरिएको छ ।
बुधबारको भेटवार्तामा ओली र नेपाल वार्तामार्फत विवाद समाधान गर्न सहमत भएका छन् ।
