नवकान्तिपुर संवाददाता
काठमाडौं, ९ वैशाख ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको वार्तामा कुनै प्रगति नभएको नेकपा नेता माधवकुमार नेपालले बताएका छन् । विहीबार होटल मेरियटमा बसेको दुवै नेताहरुबीचको छलफलपछि नेता नेपालले भने, ‘हिजोको छलफलमा केही आश लागेको थियो आज त्यो पनि बाँकी रहेन ।’
दुई नेताबीचको छलफलमा कुनै प्रगति नभएको नेता नेपालले बताए । उनले भने,’मिल्ने सम्भावना पनि देखिएको छैन । अब छलफल कहिले हुन्छ थाहा छैन ।’
नेता नेपालले अब कहिले बैठक बस्छ भन्ने कुनै टुंगो नलागेको छ र ठेगान पनि नभएको बताए ।
यसैबीच ओलीसँगको वार्ता सकिएलगत्तै नेता नेपाल जनकपुरतर्फ लागेका छन् । जनकपुरमा उनी पार्टीको कार्यक्रममा सहभागी हुनेछन् ।
