माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट चन्द्रबहादुर खड्कालाई हटायो

नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्कालाई पनि हटाएको छ । खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले शुक्रबार संसद सचिवालयमा दर्ता गरेको हो ।

माओवादी केन्द्रका राष्ट्रिय सभा दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयमा जानकारी गराएका छन् ।



माओवादीले यसअघि रामबहादुर थापालाई राष्ट्रियसभा सदस्यबाट हटाएको थियो । उक्त रिक्त ठाउँमा निर्वाचन आयोगले जेठ ६ गतेलाई उपचुनाव घोषणा गरेको छ ।

सम्बन्धित समाचार