विष्णु रिजालले पाए यस्तो जिम्मेवारी, नेपाल समूहलाई भने-‘पार्टीको मूलधारमा आउनुहोस्’

नेकपा एमाले केन्द्रीय कमिटीका विदेश विभागका उपप्रमुख विष्णु रिजालले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई पनि पार्टीको मूलधारमा आउन आग्रह गरेका छन् । उनले नेता नेपाल पक्षका विषयमा पनि शुक्रबारको एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठकमा छलफल भएको र नेता नेपाल पक्ष पनि आगामी दिनमा सकारात्मक ढंगले अघि बढ्ने आशा राखे ।

शुक्रबार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको अध्यक्षतामा बसेको बैठकले युवा नेता रिजाललाई विदेश विभागको उपप्रमुखको जिम्मेवारी दिने निर्णय गरेको छ । यससँगै उनले दैलेखको सह–ईन्चार्जको जिम्मेवारी पनि सम्हाल्नेछन् । युवा नेता रिजाल लामो समय नेता नेपाल पक्षमा रहेर काम गर्दै आएकोमा पछिल्लो समय अध्यक्ष ओली पक्षमा प्रवेश गरेका थिए ।



यसैबीच नेकपा एमाले दशौं महाधिवेशन आयोजक केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुुमार नेपाल पक्षबाट प्राप्त स्पष्टीकरणबारे स्थायी कमिटीले छलफल र निर्णय गर्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनले कर्णालीका सांसदहरुले पार्टी ह्विप् विपरीत काम गरेर पार्टीगत ढंगबाट अपराध नै भएकोलेचार सांसदहरुलाई पदमुक्त गरिएको बताए।

सम्बन्धित समाचार