आज देशका यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय र पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका साथै बाँकी पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ । यस्तै बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागको थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।



यस्तै देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतः सफा रहनेछ। पहाडि भूभागको केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले मौसमी बुलेटिनमार्फत जनाएको छ ।

सम्बन्धित समाचार