
गत वैशाख ८ गते विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल शर्मा लम्साल र डा. विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित तथा शब्दार्थ प्रकाशनबाट प्रकाशित ‘डिक्नरी अफ मेडिकल, नर्सिङ एण्ड एलाइड् हेल्थ’ (चिकित्सा शब्दसागर) नामक बृहत् शब्दकोशको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवचन कक्षमा लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथिहरू त्रिवि चिकित्साशास्त्र विभागका डीन प्राडा दिव्या सिंह, काठमाडौँ विश्वविद्यालय चिकित्साशास्त्र विभागका डीन प्राडा राजेन्द्र कोजु, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला तथा नेपाल स्वाथ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठबाट उक्त शब्दकोशको संयुक्त रूपमा लोकार्पण गरेका थिए ।
प्रा. राजेन्द्र सुवेदीको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा सम्पादक विनयकुमार शर्मा नेपालले स्वागत मन्तव्य राखेका थिए भने प्राडा लक्ष्मण गौतमले पुस्तकको बारेमा थप प्रकाश पारेका थिए । चारै प्रमुख अतिथिहरूले मन्तव्य रखोको उक्त कार्यक्रमलाई यादव भट्टराईले रहजीकरण गरेका थिए ।
चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत-अध्ययनरत डाक्टर, नर्स, अस्पताल, कलेजका साथै प्रशासन, अदालत, प्रहरीलगायत जिज्ञासु सबैलाई उपयोगी हुने यस शब्दकोशमा जम्मा १९२० पृष्ठहरू रहेका छन् ।

