आकस्मिक बैठकअघि एमालेका शीर्ष नेताहरू छलफलमा

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत शीर्ष नेताको छलफल जारी छ । एमाले महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठकअघि शीर्ष नेताको बैठक बसेको हो ।

सोही कारण आज बिहान १० बजेका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक सुरु भएको छैन । आजको बैठकले नेता माधकुमार नेपाल पक्षलाई कारबाही गर्ने तयारी समेत गरेको नेताहरु बताउँछन् ।



छलफलमा ओलीसँगै नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’, विष्णु पौडेललगायत सहभागी छन् ।

सम्बन्धित समाचार