कस्तो छ, कोरोना संक्रमित पूर्वराजदम्पतीको स्वास्थ्य अवस्था ?

कोरोनाभाइरस संक्रमण भएर नर्भिक अस्पताल भर्ना भएका पूर्वराजदम्पतीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जानकारी दिएको छ । अस्पतालका कर्पोरेट कम्युनिकेशन एन्ड पीआर डिपार्टमेन्ट प्रमुख सोमनाथ बास्तोलाको अनुसार उनीहरुमा कोरोनाको लक्षण कम हुँदै गएको छ ।

गएको शनिबार पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह अस्पताल भर्ना भएका थिए ।



भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर गत आइतबार नयाँ दिल्लीबाट नेपाल फर्किएका उनीहरुमा मंगलबार कोरोना पुष्टि भएको थियो ।

सम्बन्धित समाचार