नवकान्तिपुर संवाददाता
काठमाडौं, १३ वैशाख ।

सप्तरीमा सरकारको आदेश अटेर गर्दै विद्यालय खोल्ने ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। कोरोना महामरी नियन्त्रण प्रयासस्वरूप सरकारले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न भनेको भए पनि खोलेकाले उनीहरूलाई पक्राउ गरिएको सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले नेपालखबरलाई जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको नेतृत्वमा खटिएको अनुगमन टोलीले विद्यालय खुला देखेपछि तिनका सञ्चालकलाई नियन्त्रणमा लिइएको हो ।
अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको डीएसपी काफ्लेले बताए। उनीहरूविरुद्ध संक्रामक रोग ऐन–२०२० अनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।

