ओलीविरुद्ध नेपाल समूहले दायर गरेको रिटको आज सुनुवाइ हुने

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको मुद्दा सोमबार पनि सर्वोच्च अदालतको पेशीमा चढेको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासमा सो मुद्दा सुनुवाइका लागि ६ नम्बरमा पेशी तोकिएको हो आइतबार पनि उक्त मुद्दा ढुंगानाकै इजलासमा परेको थियो । तर, आइतबार हेर्न नभ्याउने भन्दै सुनुवाइ सोमबारलाई सरेको थियो । पेशी सूचीमा नेपाल समूहको मुद्दा अगाडि पाँचवटा बन्दी प्रत्यक्षीकरण सम्बन्धी मुद्दा छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानविपरीत आफूहरूलाई कारबाही गरेको भन्दै सो समूहका चार नेताले सर्वोच्चमा रिट दायर गरेका थिए । रिट निवेदकले निर्वाचन आयोग, अध्यक्ष ओली, सभामुख, महासचिव ईश्वर पोखरेल लगायतलाई विपक्षी बनाएका छन् ।



वरिष्ठ नेता नेपाल, नेतात्रय भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टीको कानून विपरीत कारबाही भएको हुँदा बदर गर्न माग गर्दै तिलक थापाको वारेसमार्फत् रिट निवेदन दिएका हुन् ।

सम्बन्धित समाचार