नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ वैशाख ।
आईपीएल टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राईडर्सले पञ्जाब किङ्सलाई हराएको छ । पञ्जाबलाई ५ विकेटले पराजित गरेको कोलकाता दोस्रो जित निकाल्न सफल भएको हो ।
पञ्जाबले दिएको १ सय २४ रनको लक्ष्य कोलकाताले १६ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा कप्तान इयान मोर्गनले अविजित रहँदै ४७ रन जोडे । यस्तै राहुल त्रिपाठीले ४१ रन बनाए । आन्द्रे रसेल १० रनमा आउट भए ।
पञ्जाबका मोहमद शामी, मोइसेस हेन्रिक्स, आर्शदिप सिंह र दीपक होडाले एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १ सय २३ रन बनाएको थियो ।
पन्जाबका मायांक अग्रवालले ३१ रन जोड्दा क्रिस जोर्डनले ३० रन बनाए । जितसँगै कोलकाता पाँचौँ स्थानमा उक्लिएको छ । कोलकाताले ६ खेलमा ४ अंक जोडेको छ । ६ खेलमा ४ अंक जोडेको पञ्जाब छैटौं स्थानमा छ ।