उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण

उर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझी सेल्फ आइसोलेसनमा बसिरहेका छन् ।

उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्रोतले जानकारी दियो । हिजोको मन्त्रिपरिषद् बैठकमा उनी सहभागी भएकोले मन्त्रिपरिषद्का सवै सदस्य कन्ट्रयाक ट्रेसिङमा परेका छन् ।



रायमाझीसँग हेलमेल भएका मन्त्री तथा कर्मचारीहरुको आज कोरोना परीक्षण हुने भएको छ ।

सम्बन्धित समाचार