कलंकी आसपास केन्द्रविन्दु भएर काठमाडौंमा गयो भूकम्प

काठमाडौंको कलंकी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १ बजेर ५९ मिनेटमा ३.५ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए ।

भूकम्पको धक्काले क्षति पुर्‍याएको छैन ।



२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा आठ हजार बढीले ज्यान गुमाएका थिए भने कयौं भौतिक संरचना क्षतिग्रस्त भएका थिए ।

सम्बन्धित समाचार