नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ वैशाख ।

मौसम पूर्वानुमान महाशाखाले आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाले देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिएको छ ।
महाशाखाले बुधबार जारी गरेको पूर्वानुमानका अनुसार आज अपरान्हपछि देशका पहाडी भूभागमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक बर्षाको सम्भावना रहेको छ ।
यस्तै, आज राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

