बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन, चार नयाँ मन्त्रीको सपथ ग्रहण आजै

बागमती प्रदेशमा मन्त्रिपरिषद् पुर्नगठन भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे(नुवाकोट), सरेश नेपाल(सिन्धुपाल्चोक), चन्द्र लामा (काभ्रे) र सरस्वती बस्नेत(दोलखा) रहेका छन् ।

त्यस्तै राज्यमन्त्रीमा डा रामकुमार अधिकारी(धादिङ), प्रदीप कटुवाल(सिन्धुली), जुनेली श्रेष्ठ(काठमाडौं) रहेका छन् ।



नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइले सपथ ग्रहण गराउने भएका छन् । मुख्यमन्त्री पौडेलले दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदा गरेर नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेको स्रोतले जानकारी दियो ।

सम्बन्धित समाचार