भेरी अस्पतालका ८ चिकित्सक र ३२ नर्समा कोरोना संक्रमण

बाँकेको भेरी अस्पतालमा कार्यरत ८ चिकित्सकसहित ७५ जनामा कोरोना भाइरस  संक्रमण देखिएको छ । अस्पतालका नर्सिङ अफिसर इश्वरी केसीका अनुसार ८ जना प्यारामेडिक्स, ३२ जना नर्सिङ कर्मचारीसहित ७५ जनामा संक्रमण पुष्टि भएको हो । दुई सातायता ७५ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।

संक्रमण भएका चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरु होमआइसोलेसनमा रहेको र केही कर्मचारी भने अस्पतालकै आइसोलेसनमा रहेका छन् । अस्पतालमा अहिले २४२ जना संक्रमित उपचाररत छन् ।



कोरोना संक्रमितले अस्पताल भरिभराउ हुँदा उपचारमा समस्या आएको भन्दै चिकित्सकहरुले यस्तो भयावह स्थितिको सामना गर्न नसक्ने बताएका थिए । त्यसलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा ८० जना स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो ।

मन्त्रालयको सोही निर्णयको आधारमा अस्पतालले पनि नियुक्तिको प्रक्रिया अघि बढाएको अस्पतालका डाक्टर राजन पाण्डेले जानकारी दिए ।

सम्बन्धित समाचार