राष्ट्रपतिबाट दुई देशका लागि राजदूत नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा(१) बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।



सम्बन्धित समाचार