नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ वैशाख ।

जनता समाजवादी पार्टी (जसपा)का बहुमत सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका छन् । जसपाका १८ जना प्रतिनिधि सभा सदस्यले ओलीविरुद्धको अविश्वास प्रस्तावमा समर्थन गर्ने निर्णय गरेका हुन् । जसपा नेता नवराज सुवेदीका अनुसार ३४ सांसदमध्ये (२ निलम्वित) १८ जनाले त्यसका लागि हस्ताक्षर गरिसकेका छन् ।
ओलीविरुद्ध अविश्वास ल्याउन कांग्रेस र माओवादीलाई आह्वान गरिएको सुवेदीले बताए । जसपाको कार्यकारिणी समितिको वैशाख १४ गते बसेको बैठकले पनि ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन सहमति जनाएका थिए ।
५१ जनाको केन्द्रीय कार्यकारिणी समितिमध्ये बैठकमा २८ जना सहभागी भएको नेता सुवेदीले दाबी गरे ।
