‘म बहुमतले मुख्यमन्त्री बनेको हो, प्रचण्ड, देउवा र यादवले संविधान बुझेनन्’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफूले बहुमतकै आधारमा मुख्यमन्त्री बनेको जिकिर गरेका छन् । अल्पमतमा पर्दापर्दै पनि मुख्यमन्त्री बनेको भनेर चौतर्फी आलोचना भएपछि पोखरेलले फेसबुकमा स्टाटस लेख्दै आफ्नो दल नेकपा एमाले प्रदेशसभामा बहुमत प्राप्त दलको अवस्थामा रहेका बखत मुख्यमन्त्रीमा दाबी गरिएको र नियुक्ति पनि त्यसै आधारमा भएको बताए ।

उनले आफूलाई संसदीय दलको बैठकले सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेको बताउँदै नियुक्तिपछिको विवादको निरुपण प्रक्रिया अनुरुप नै हुने बताए ।



सूर्य चिह्नबाट चुनाव लडेकाहरुको समर्थन कानुनी रुपमा समेत अन्य दललाई हुन नसक्ने पोखरेलको दाबी छ । यस्तो कुरा संविधान निर्माणमा नेतृत्व गर्ने शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्र यादव जानकारी नहुनु आश्चर्यको भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार