नवकान्तिपुर संवाददाता
काठमाडौं, २० वैशाख ।

जनता समाजवादी पार्टी(जसपा)ले आफ्ना सबै सांसदहरुलाई काठमाडौं बोलाएको छ । जसपा अध्यक्ष महन्थ ठाकुरले आफू पक्षधर २० जना सांसदलाई काठमाडौं बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा वैशाख २७ मा विश्वासको मत लिने घोषणा गरेपछि ठाकुरले आफू पक्षधर सांसदहरुलाई काठमाडौं बोलाएका हुन। जसपाभित्र संसदीय दलमा ठाकुरको बहुमत छ । पार्टीको कार्यकारिणीमा समेत बहुमत जुटाउने प्रयास भइरहेको स्रोतले बतायो ।
‘आज वा भोलिभित्र जसपाभित्र कसको बहुमत छ भन्ने देखिहालिन्छ। अहिले बोलेर केही अर्थ छैन । उपेन्द्रजीले आफुसँग बहुमत छ भनेर झुटो कुरा बोलिराख्नुभएको छ,’ ठाकुर निकट एक नेताले भने ।
