संसद बैठक सञ्चालनका विषयमा सभामुखद्वारा स्वास्थ्य विज्ञसँग छलफल

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गतेका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गरेका छन् ।

विशेषज्ञहरुले भने सरकारले तोकेका स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सकिने सुझाव दिएका छन् । उनीहरुले बैठक सञ्चालन गर्नुअघि सबै सांसदको कोरोना संक्रमण परीक्षण गर्न, बोल्दा मास्क नखोल्न, बसेको सिट परिवर्तन नगर्न पनि सुझाव दिएका छन् । सभामुख सापकोटाले छलफलमा आएका सुझाव कार्यव्यवस्था परामर्श समितिमा पेश गरिने बताएका उनको सचिवालयले जनाएको छ ।



सभामुखसहित स्वास्थ्य क्षेत्रका विशेषज्ञ टोलीले नयाँ मापदण्ड अनुसारको बसाइ व्यवस्थापनको अवलोकन गरेका थिए । छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा भगवान कोइराला, विज्ञ चिकित्सक डा लोचन कार्की, डा सुरेश तिवारी, डा अनुप सुवेदी, डा अमृत पोख्रेल, डा सागरकुमार राजभण्डारीलगायत सहभागी थिए ।

सम्बन्धित समाचार