कोरोना संक्रमणले श्वासप्रश्वासमा समस्या भएपछि कांग्रेस नेता शंकर भण्डारी अस्पताल भर्ना

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शङ्कर भण्डारी अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमणका कारण केही दिनदेखि होम आइसोलेसनमा बसेका भण्डारीलाई सोमबार साँझ श्वासप्रश्वासमा समस्या देखिएपछि राति ८ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

तनहुँका विभिन्न कार्यक्रममा भाग लिएर काठमाडौं फर्किएका भण्डारीको वैशाख १८ गते स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भण्डारीसहित श्रीमती र छोरालाई कोरोना सङ्क्रमण देखिएको छ ।



भण्डारीकी श्रीमती र छोरा भने होम आइसोलेसनमै छन् ।

सम्बन्धित समाचार