नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ वैशाख

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । ‘आज बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी पत्र बुधबार संसद् सचिवालयमा दिनेछौं, ‘ स्थायी कमिटी सदस्य साहले बताए ।
