कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड, ८ हजार ९ सय ७० जना संक्रमित, ५४ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । आज ८ हजार ९ सय ७० जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको २११४२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ८ हजार ९ सय ७०  जनामा संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा २७०७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ९२ हजार ४ सय ९० जना छन् । नेपालमा निको हुने दर ७९ दशमलव ४ प्रतिशत रहेको छ ।



कोरोना संक्रमणबाट नेपालमा गत २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३५२९ रहेको छ ।

गत २४ घण्टामा काठमाडौंमा ३१६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ गरी उपत्यकामा ३९७२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार