देउवासँगको भेटपछि राष्ट्रपतिलाई भेट्न शीतल निवासमा माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास लागेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले जनाएको छ ।

देउवा र नेपालबीच करिब एक घण्टा बढी छलफल भएको थियो । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणका अनुसार देउवा र नेपालबीच सैद्धान्तिक छलफल भएको हो । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीसहित भेटवार्ता भएपछि बिहीबार नेपाल पक्षले देउवासँग भेटवार्ता गरेको हो ।



प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिन लागेका बेला त्यसलाई विफल पार्न आवश्यक रणनीति बनाउने विषयमा उनीहरुबीच छलफल भएको बुझिएको छ । मंगलबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका नेपालले विहीबार देउवासँग छलफल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सम्बन्धित समाचार