पार्टी फुट नजिक पुगेपछि एमालेका दोस्रो तहका नेताहरुबीच छलफल, भयो यस्तो समझदारी

दुई समूहले आ-आफ्नो रणनीति तय गर्न लगेपछि फुटनिकट पुगेको नेकपा एमालेको एकता जोगाउन दोस्रो तहका नेताहरुले सम्वादलाई तीव्रता दिएका छन् । विहीबार मेरियट होटलमा अध्यक्ष केपी शर्मा ओली पक्षमा रहेका विष्णु पौडेलले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरुसँग भेटवार्ता गरेका छन् ।

अर्थमन्त्री समेत रहेका पौडेलले सुरुमा योगेश भट्टराईलाई भेटेका थिए । लगतै सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग भेटवार्ता गरे । तीन नेताबीच करिव आधा घण्टा कुराकानी भएको थियो ।



यसअघि बुधबार महासचिव ईश्वर पोखरेल र योगेश भट्टराईबीच भेटवार्ता भएको थियो । उनीहरुले शीर्ष नेताहरुबीच वार्ताको वातावरण बनाएर पार्टी एकता जोगउन पहल गर्नेबारे कुराकानी भएको छ ।

सम्बन्धित समाचार