नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ वैशाख ।

वसन्त यामको सगरमाथा आरोहण आजदेखि सुरु भएको छ । आङरिता शेर्पाको नेतृत्वमा बाटो बनाउँदै गएको टाेली शुक्रबार साँझ ६ बजे सगरमाथाको चुचुरोमा पुगेसँगै यो यामको आरोहण सुरु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथा आधार शिविरबाट जानकारी दिइन् ।
२५ औँ पटक सगरमाथाको शिखरमा पाइला राख्न सफल कामिरिता शेर्पासहित १२ जनाको नेपाली टोलीले आज सफलताका साथ चुचुरो सम्मको बाटो निर्माण गरेको अधिकृत आचार्यको भनाइ छ ।
मौसमले साथ दिएको अवस्थामा धमाधम आरोहण हुने बताइएको छ। यो याममा ८३ आरोही समूहका ७ सय ४२ समूहले आरोहण अनुमति लिएका छन् ।

