कांग्रेस, माओवादी र जसपाबीच गोप्य बैठक जारी, प्रधानमन्त्रीले संसद विघटन गर्ने आशंकामा तत्काल अविश्वासको प्रस्ताव ल्याउने तयारी

सभापति शेरबहादुर देउवा नेकपा माओवादी केन्द्र र जसपासँगको गोप्य बैठकमा सामेल हुन आफ्नो दल नेपाली कांग्रेस संसदीय दलको बैठकबाट बिचमै निस्केका छन्। माओवादी र जसपाको गोप्य बैठकका लागि उनी निस्केको स्रोतको भनाई छ।

ओलीले नेपाल पक्षलाई हातमा लिएको अवस्थामा विश्वासको मत जित्ने त्यसमा असफल भएमा संसद विघटन गर्ने तयारी गरेको आशंकामा कांग्रेस र माओवादीमा भय उत्पन्न भएको छ।



यो बैठकमा ओलीले संसद विघटन गर्नु या नेपाल पक्षलाई हात लिनु भन्दा पहिले नै उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेबारे छलफल हुने बुझिएको छ।

सम्बन्धित समाचार