ओलीले विश्वासको मत नपाएपछि डा भट्टराईले दिए यस्तो प्रतिक्रिया

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले अन्तत संसदले केपी ओली सरकारलाई विधिवत् विदाई गरेको बताएका छन् । सोमबार साँझ ट्वीट गर्दै उनले केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति भने परास्त भइनसकेको बताए ।

उनले लेखेका छन्, ‘अन्तत संसदले ओली सरकारलाई विधिवत् विदाई गरेको छ। तर केही समयदेखि हुर्केको निरंकुश ओली प्रवृत्ति परास्त भैसकेको छैन । ‘



अब राष्ट्रपतिले तुरुन्त धारा ७६ को २ अनुरूप २ वा २ भन्दा बढी दलको नयॉ सरकार गठन गर्न आह्वान गर्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित समाचार