मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोनाबाट संक्रमित

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  ८६ वर्षीय सिंह काठमाडौंस्थित निवासमै होम आइसोलेसनमा छन् ।

परिवारका सदस्यहरुको प्रत्यक्ष रेखदेखमा सिंहको उपचार भइरहेको मसालका प्रवक्ता रामप्रकाश पुरीले बताए ।



पुरीका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख छ । दुई दिन अगाडि अक्सिजनको लेबल धेरै कम भएकोमा अहिले केही बढेको पुरीले बताए ।

सम्बन्धित समाचार