आज देशका यी स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ । आज देशका अधिकांश स्थानमा बदली हुने महाशाखाले जनाएको छ । आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने छ ।

आगामी २४ घण्टामा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।



महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव छ । हाल देशका अधिकांश भागमा बदली भइरहेको महाशाखाले जानकारी दिएको छ ।

भोलि देशका अधिकांश भागमा बदली रही पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ ।

सम्बन्धित समाचार