यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको जनाएको छ। महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।



आज राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने र प्रदेश नं १ का पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

सम्बन्धित समाचार