एमालेका अर्का नेताको कोरोना संक्रमणबाट निधन

नेकपा एमाले इलामका नेता नवराज शंकरको कोरोना संक्रमणका कारण शनिबार राति निधन भएको छ।

एक साताअघि कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि मोरङको विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उनको सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो।



शंंकर नेकपा एमालेको कार्यालय सचिवसँगै विभिन्न संघसंस्थामा सक्रिय रहेका थिए। इलाम नगरपालिका–९ का बासिन्दा उनी बाल संगठन इलामका सभापति समेत हुन्।

सम्बन्धित समाचार