लमजुङमा फेरि भूकम्प, काठमाडौंसम्म धक्का

लमजुङ केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अहिले ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुश भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा पनि ५।८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो । दुबै भूकम्पको केन्द्र लमजुङको भुलभुले हो ।



भूकम्पबाट अहिलेसम्म ३ जना घाइते भएको सूचना प्राप्त भएको जानकारी दिए। भूकम्पले थुप्रै घर भत्किएको, चर्किएको छ ।

सम्बन्धित समाचार