
उद्योगपति तेजिन्द्रसिंह खड्काको निधन भएको छ । टाइगर्स ब्रोअरीका अध्यक्षसमेत रहेका खड्काको मेडिसिटी अस्पतालमा उपचारको क्रमम विहीबार निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
विभिन्न उद्योग प्रतिष्ठानमा खड्काको लगानी रहेको छ । उनका २ छोरा र एक छारी छन् । केही हप्ता अघि मात्र कोरना संक्रमणकै कारण श्रीमतीको पनि निधन भएको थियो ।
५३ वर्षे खड्का कोरोनाबाट एक महिनाजति थलिएका थिए । कोरना संक्रमणबाट मुक्त भएपछि उनलाई भेन्टिलेटरबाट निकालिएमा फेरि अस्वस्थ भएपछि पुनः उनलाई भेन्टिलेटरमा नै राखेर उपचार गरिँदै थियो ।

