जसपाले महन्थ ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरलाई अब प्रधानमन्त्री बनाएर जानुपर्ने बताएका छन्। राष्ट्रपतिले आज साँझ ५ बजेभित्र संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार आह्वान बनाउन समय दिएकी छन्। यस्तो परिस्थितिमा यादवले अध्यक्ष ठाकुरलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्ने बताए। ‘अब ठाकुरजीलाई प्रधानमन्त्री बनाउनुपर्छ। हाम्रो पार्टीले उहाँलाई नै अगाडि सार्छ,’ उनले भने, ‘यस विषयमा अरू पार्टीसँग हामी कुराकानी गर्छौं।’

केही दिनअगाडि जसपाका दुई अध्यक्ष ठाकुर र यादवबीच प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नजाने बरू आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आए अगाडि बढ्ने सहमति भएको थियो। संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले विश्वासको मत नलिईरराजीनामा नदिई राष्ट्रपतिले बिहीबार संविधानको धारा ७६ ९५० अनुसार नयाँ सरकार बनाउन दलहरूलाई आह्वान गरेकी थिइन्।



राष्ट्रपतिको यो कदम संविधानविपरीत भएको अध्यक्ष यादव बताउँछन्। अब कसरी अगाडि बढ्ने भन्नेबारे अरू दलसँग पनि परामर्श गरिने उनले बताए। उनले अरू सरकार नबनोस् भन्ने नियत राखेर रातको समय पारेर नयाँ सरकार गठनका लागि राष्ट्रपतिबाट आह्वान भएकोसमेत दाबी गरेका छन्।

सम्बन्धित समाचार