नेपालमा सुरु भयो शक्तिशाली चक्रवात यासको असर

बंगालको खाडीमा बनेको शक्तिशाली चक्रवात यासको असर नेपालमा पनि सुरु भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुासर आज बिहानैदेखि यासको आंशिक प्रभाव सुरु भएको हो।

जसका कारण आज बिहानैदेखि प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम आंशिकदेखि सामान्यसम्म बदली भएको छ। देशका बाँकी प्रदेशमा भने मौसम आंशिक मात्र बदली छ। आज दिउँसोपछि देखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।



‘अहिलेसम्मको अनुमानअनुसार यासको प्रभाव विहीबार, शुक्रबारसम्म रहने देखिएको छ,’ मौसमविद् श्रेष्ठले मंगलबार बिहान भने। चक्रवात यासले नेपालमा पार्न सक्ने सम्भावित असर र सजगताबारे मौसम पूर्वानुमान महाशाखाले यसअघि नै विशेष मौसम बुलेटिन जारी गरेर जानकारी गराइसकेको छ।

सम्बन्धित समाचार