निःशुल्क खाना खुवाउने काम राम्रो होइनः मेयर शाक्य

काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक ठाउँमा नभई कसैले नदेख्ने गरी सडकमा रहेका व्यक्तिहरुलाई सुटुक्क खाना खुवाउन आग्रह गरेका छन्। प्रमुख शाक्यले सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउने काम राम्रो नभएको बताएका हुन् ।

धेरै भीडभाड गरी खाना खुवाउँदा कोरोना संक्रमण फैलिने उनको भनाई छ । उनले आवश्यक परे ३२ वटै वडाले पीडितकै घरमा खाधान्न पुर्‍याउने दाबी गरे । ‘अहिले कोरोना रोकथाम नियन्त्रणका लागि समुदायमा एन्टिजेन परीक्षण थालेका छौ,’उनले भने,‘कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएका छौ, निस्शुल्क एम्बुलेन्सको व्यवस्था गरेका छौ,कोरोना रोकथाममा निरन्तर लागेका छौँ ।’



शाक्यले गत लकडाउनमा पनि खुलामञ्चमा निःशुल्क खाना खुवाउँदै आएको अभियानलाई रोक लगाएपछि उनको चर्को आलोचना भएको थियो । अहिले हाम्रो टिम नेपाल,१०० ग्रुप लगायत संघसंस्थाले निषेधाज्ञाले समस्यामा भएका मजदुरहरुलाई थापाथली स्थित प्रसूतिगृह अगाडिको खाली चौरमा खाना खुवाउँदै आएका छन् ।

सम्बन्धित समाचार