मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित

इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ५–२ ले पराजित भएको छ । इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो । २८ औं मिनेटमा मनीष डाँगीको गोलले नेपाल २–१ को स्थितिमा पुग्यो ।

नेपाललाई दुई गोलमै रोक्दै इराकले लगातार तीन गोल थप्यो । र, पहिलो हाफ अगाडि ४–२ बनायो । दोस्रो हाफमा नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरु दुई गोल थपेर ६–२ मा खेल टुंग्यायो ।



नेपालले फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेलेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफूभन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा । नेपालको यही टोलीले विश्वकप छनोटका बाँकी ३ खेल पनि खेल्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।

सम्बन्धित समाचार