एसईईको मूल्यांकन वैकल्पिक विधिबाट गरिने

राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बोर्डको शनिवार सम्पन्न बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौं,’ उनले भने, ‘अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा सञ्चालन हुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार ९जेठ १४० बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनका आधारमा बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको पौडेलले बताए ।



कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरेको अध्यक्ष पौडेलले जानकारी दिए। बोर्डले कोरोनाको दोस्रो लहर आउनुअघि १३ जेठदेखि एसइई र २६ गतेदेखि १२ कक्षाको परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि बार्डले गत १२ कक्षा र एसईई परीक्षाको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको थियो ।

सम्बन्धित समाचार