पार्टी फुटको संघारमा पुगेपछि बाबुरामको प्रस्ताव-हात मिलाएर आ-आफ्नो बाटो लागौं

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक संकट पुरानो विचार,पार्टी र नेतृत्वको सामुहिक विघटनको अभिव्यक्ति भएको टिप्पणी गरेका छन् ।

आइतबार राति एक ट्वीट गर्दै डा भट्टराईले यसका निम्ति पूरानो भत्कनै पर्ने बताएका छन् । उनले भनेका छन्, ‘नयाँ निर्माणका निम्ति पूरानो भत्कनै पर्छ । समयले नयाँ ध्रुवीकरण खोज्दैछ ।’



उनले मान्छे तानातान र किनबेचको तमासा नगर्न समेत अपिल गरेका छन् । उनले भनेका छन्,’मान्छे तानातान र किनबेचको तमासा नगरौं ! भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिउँ ! हात मिलाएर आआफ्नो बाटो लागौं ! हिँडिरहे फेरि भेट हुनेछ !’

सम्बन्धित समाचार