किन पछि हटे प्रधानमन्त्री ओली ?

नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टी विभाजन हुनबाट रोक्न अन्तिमसम्म प्रयास गर्नुपर्नेमा निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बसेको बैठकले पार्टी एकताका लागि लचिलो हुनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदिप ज्ञवालीले बताए ।

उनले भने, ‘पार्टी एकताका लागि विभिन्न रूपमा छलफल भइरहेका छन् । अहिले कार्यदलको अस्तित्व छैन । अब आवश्यक भए अर्को बन्नसक्छ। त्यो कार्यदल सदस्यहरू कारवाहीमा परिसक्नुभएको छ ।’ माधव नेपाल समूहले पार्टीको उम्मेदवारलाई हराएर गर्व महसुस गरिरहेको बताए । पार्टीबाट कारवाही भइसकेकालाई फर्काउने सम्भावना नभएको संकेत गर्दै मूलधारमा धेरैलाई फर्काउने प्रयास भइरहेको स्पष्ट पारे ।



‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने र आफ्नो उम्मेदवार हराउन उहाँ लाग्नुभएको छ । ती साथीहरू फर्किनुभयो भने त राम्रो हुन्छु, उनले भने, ‘उहाँहरूको गतिविधि र हाम्रो पार्टी एकताको कहिँकतै तालमेल मिल्दैन ।’ एकतालाई जोगाउन लागिपरेको भएकाले स्पष्टीकरणको जवाफ नआए पनि कारबाही नगरिएको उनले बताए ।

सम्बन्धित समाचार