सिसडोल स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. २ का नेपाली कांग्रेसका वडा सभापति राजन न्यौपानेको सक्रियतामा सिसडोल डम्पिङ साइट नजिकै रहेको सिसडोल स्वास्थ्य चौकीलाई करिब ६ लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । उक्त समग्रीहरू बोधिसत्व बिहार तथा एन्जिलिना शिवशक्ति ट्रष्टको सहकार्यमा उपलब्ध गराइएको हो ।

उपलब्ध गराइएका स्वास्थ्य सामग्रहीहरूमा २ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन, माक्स, पीपीइ, पञ्जा, सेनिटाइजर र औषधिहरू रहेका छन् । उक्त सामग्रीहरू वडा सभापति राजन न्यौपानेले स्वास्थ्य चौकीका प्रमुख पर्शुराम अर्याल र रेखा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।



सिसडोलबासीहरू अव्यवस्थित रूपमा डम्पिङ गरिएको फोहरमैलाबाट उत्पन्न दुर्गन्धबाट प्रताडित भइरहेको बेला कोरोनाको दोस्रो लहरबाट थप आक्रान्त बनेका छन् । काठमाडौंबाट १८ किलोमिटरको दूरीमा मात्र रहे पनि यो क्षेत्र सबैबाट उपेक्षित भएको यहाँका स्थानीयबासीको गुनासो रहँदै आएको छ । ‘यस सानो सहयोगले पनि यहाँका बासिन्दालाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास गरिएको छ’ वडा सभापति न्यौपानेले नवकान्तिपुरलाई भने ।

सम्बन्धित समाचार